नवलपुरमा प्रचण्ड–नेपालको प्रर्दशन – फोटो फिचर


असंवैधानिक कु का विरुद्ध नवलपुरमा नेपाल कम्युनिष्टपार्टी(ने.क.पा) ले जनप्रर्दशन गरेको छ ।

 




मंगलवार जिल्लाको सदरमुक्काम कावासोतीमा दाहाल नेपाल पक्षका कार्यकर्ताहरुले आयोजना गरेको विरोध कार्यक्रममा केन्द्रिय सदस्य र प्रदेश सदस्यहरुले भेलाको नेतृत्व गरेका थिए । सभापति चोकबाट सुरु गरेको विरोध र्यालि फलफुल चोकमा कोणसभा आयोजना गरेका थिए ।


विरोध कार्यक्रममा बोल्दै केन्द्रिय सदस्य किसन शर्मा गैरे,रविन्द्र अधिकारी, संविधान सभासदस्य कृष्ण पौडेल, गुनाखर बस्याल लगायतले सरकारले चालेको कदमको खुलेर विरोध गरेका थिए । विरोध कार्यक्रममा बोल्दै केन्द्रिय सदस्य किसन शर्मा गैरेले ओलिलाई विकासका काममा सघाउन सहकार्य गरिएको भए पनि ओलिको एकल निर्णयले विरोधको वातावरण सृजना गरेको बताए ।

उनले सरकारले चालेको सिंगो राष्ट्रघाती कदम कुनै हालतमा मान्य नहुने बताए । पार्टिको केन्द्रिय सदस्य रहेका अर्का नेता रविन्द्र अधिकारीले केपि ओली आफ्नै अडान र जिद्दिपन छोड्न नसक्दा चौतर्फि आलोचित हुनु परेको बताए। उनले अब ओलिले चालेका कदमको विरोधमा गाउँगाउँ बस्तीबस्तीबाट जनताहरु सडकमा आएको बताए ।

संविधान सभासदस्य कृष्ण पौडेलले नेपाली जनताले पाएको अधिकारलाई यो सरकारले कुन्ठीत पारेको बताए । उनले सरकारले चालेको कदमले सिंगो मुलुकलाई नै अन्धकार तर्फ ढकेलेको भन्दै यसको विरोध हरेक पार्टिबाट निस्केको बताए । विरोध कार्यक्रममा दाहाल नेपाल पक्षका कार्यकर्ताहरुको बाक्लो उपस्थित रहेको थियो ।

 




सम्बन्धित
Loading...