सडक दुर्घटनामा २ जनाको मृत्यु
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मोरङको पथरी शनिश्चरेमा सडक दुर्घटना हुदा २ जनाको मृत्यु भएको छ ।
हरियाली सामुदायिक वन अगाडि जीपले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाईकलमा सवार दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पुर्वबाट आउँदै गरेको मे ११ प ८२८० नम्बरको मोटरसाइकललाई विपरीत दिशातर्फ जाँदै गरेको को १ च ९९४५ नम्बरको स्कारपियोले ठक्कर दिँदा दुर्घटना भएको छ ।
मोटरसाइकल चालक मोरङको मिक्लाजुङ ४ का ३५ वर्षीय सन्तोष लिम्बू र अर्का २२ वर्षीय सुनिल विकको मृत्यु भएको प्रदेश १ ट्राफिक प्रहरी प्रमुख एसपी सञ्जीव शर्माले जानकारी दिए ।
चालक लिम्बूको घटनास्थलमै र विकको उपचारका क्रममा विराटनगरस्थित न्युरो अस्पतालमा मृत्यु भएको एसपी शर्माले बताए ।
स्कारपियो र चालकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।