२ केजी गाँजासहित युवक पक्राउ


प्लाष्टिकमा गाजा बोकेर हिडिरहेका २० बर्षीय युवकलाई स्याङ्जा प्रहरीले पक्रेको छ । पुतलीवजार नगरपालिकाको काफलडाँडामा हिडिरहेका बारा बैनौलीका मिरहसन अन्सारीलाई प्रहरीले २ केजी गाँजासहित पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता र सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीका अनुसार
विशेष सूचनाको आधारमा तलासी लिदा प्लास्टीकको बोरामा दुई केजी गाँजा बोकी हिडेको अवस्थामा युवकलाई नियन्त्रणमा लिई अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले बताए ।



सम्बन्धित
Loading...