चीनमा अत्यावश्यक बाहेकको यात्रा नगर्न आह्वान


एजेन्सी । चिनियाँ नागरिकलाई चाडपर्व मनाउन भन्दै अनावश्यक यात्रा नगर्न सरकारले आह्वान गरेको छ ।



चिनियाँ संस्कृति तथा पर्यटन मन्त्रालयले अत्यावश्यक यात्रा मात्रै गर्न सबैलाई आह्वान गरेको हो ।



नयाँ वर्ष लगायतका चाडवर्षको अवसरमा मानिसहरु धेरै आवत जावत गर्ने भएकाले यस पटक रमाइलोका लागि गरिने यात्रा नगर्न आह्वान गरिएको मन्त्रालयले जनाएको छ ।

कोरोनाभाइरसको महामारी फैलिइरहेका बेला यात्रा गर्दा महामारी थप फैलिन सक्ने भएकाले यात्रामा रोक लगाइएको उनीहरुको भनाइ छ ।

 

 

 




सम्बन्धित
Loading...