चितवन राष्ट्रिय निकुञ्जमा भाले गैँडा मृत फेला


चितवन । चितवन राष्ट्रिय निकुञ्जमा भाले गैँडा मृतावस्थामा फेला परेको छ । निकुञ्जको मेघौली रेञ्जपोष्टको अन्द्रौलीघाट क्षेत्रमा २५ देखि ३० वर्षको भाले गैडा आज मृतावस्थामा भेटिएको हो ।



चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार सो गैँडा उमेर पुगी कालगतिले मरेको अनुमान गरिएको छ ।

गैँडाको खाग र खुर सुरक्षित रहेको छ । मृत गैँडाको नियमानुसार परीक्षणका लागि आवश्यक नमूना परीक्षणका लागि भेटेरेनरी शाखामा पठाइएको उनले जानकारी दिए ।




उक्त गैँडा निकुञ्जको निगरानीमा रहेको जनाइएको छ । यस आर्थिक वर्षमा मात्रै चोरी शिकारका कारण चार र प्राकृतिक कारणले १५ गरी १९ गैंडा मरेका छन् ।

https://www.youtube.com/watch?v=Lu_STQbb-Kk



सम्बन्धित
Loading...