विनयी खोलामा अवैद्य उत्खनन गरिरहेका १८ वटा ट्याक्टर नियन्त्रणमा
नवलपरासी, १६ पौष ।
पूर्वी नवलपरासीको विनयी वित्रेणी गाउँपालिका १ को ढिकटोल र विनयी त्रिवेणी २ को डाडाँजोरमा पर्ने विनयी खोलाबाट अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन गरिरहेका १८ वटा ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणका अनुसार लु ३ त ६७९४, लु ३ त ६७७८, लु ३ त ९८४५, लु ३ त ९७५०, लु ३ त ८१७५, लु ३ त ९५९८, लु ४ त ६, लु ३ त ९५६३, लु ३ त ४२५०, लु ३ त ४६५०, लु ३ त १०३९, लु ३ त ७७५८, लु ४ त ११७५, र नम्बर नखुलेको ५ वटा गरी जम्मा १८ वटा ट्याक्टर नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय नवलपुर र इलाका प्रहरी कार्यालय दुम्किबासको टोलीले उक्त ट्याक्टरहरु नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिइएको ट्याक्टरहरुलाई आवश्यक कारवाहीका लागि विनयी त्रिवेणी गाउँपालिकाको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।
