नवलपुरमा कुहिरोः गण्डकीमा पानी पर्ने सम्भावना
आज नवलपुर लगायत देशैभरका तराई तथा भित्री मधेस क्षेत्रहरुमा कुहिरो लागेको छ । नवलपुर, चितवन, नवलपरासी कुहिरोसँगै चिसोपन बढेको छ । मौसमविद् शान्ति कँडेलका अनुसार आज धेरै ठाउँहरुमा कुहिरो छ । दिउँसोतिर कुहिरो हटेपनि पारिलो घाम लाग्ने सम्भावना भने छैन ।
मौषमबिद् कंडेलका अनुसार आजराति कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भू–भागका साथै सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बद्ली रहने सम्भावना छ भने बाँकी ठाउँको मौसम सफा रहने छ ।