ड्राइभिङ स्कुल संघको केन्द्रीय समिति बैठक कावासोतीमा




नवलपुर, पुस १७ । ड्राइभिङ स्कुल संघ नेपालको केन्द्रीय समितिको बैठक शनिवार नवलपुरको कावासोतीमा बस्ने भएको छ ।

केन्द्रीय समितिको बैठक बस्नु अघि शुक्रबार कावासोतीमा गरिएको पत्रकार सम्मेलनमा संघका केन्द्रीय महासचिव उमेश सिकेले कोरोना संक्रमणका कारण ब्यवसाय ठूलो संकटमा परे पनि राज्यले कुनै पनि राहतको प्याकेज नल्याएको बताए ।




दशौं हजार मजदुरलाई रोजगारी दिएको ड्राइभिङ स्कुलहरु कोरोनाले ठूलो मारमा परे पनि राज्यले कुनै पनि राहत नदिँदा संकट उत्पन्न भएको उनले बताए ।

केन्द्रीय समिति बैठकले ब्यवसायिकहरुको हितमा महत्वपूर्ण निर्णय गर्न लागेको सिकेले जानकारी दिए ।

रामचन्द्र श्रेष्ठ अध्यक्ष रहेको ड्राइभिङ स्कुल संघ नेपाल २०६३ सालमा गठन गरिएको थियो ।

ड्राइभिङ स्कुलहरुको हक हितका लागि भन्दै स्थापना गरिएको यो संस्थाले ड्राइभिङ इन्स्टिच्यूटहरुको अनुगमनसमेत गर्ने संघका महासचिव सिकेले बताए ।



सम्बन्धित
Loading...