दाउन्ने साप्ताहिकका प्रकाशक/सम्पादक रामकुमार पुरस्कृत


कल्पित सुवेदी –



नवलपुर । दाउन्ने साप्ताहिकका प्रकाशक÷सम्पादक रामकुमार श्रेष्ठ क्रियाशिल पत्रकारिता पुरस्कार २०७७ बाट पुरस्कृत भएका छन् ।
नेपाल पत्रकार महासंघ नवलपुर शाखाले श्रेष्ठलाई पुरस्कृत गरेका हुन् । उनीसँगै पत्रकार धनु भुसाल र दयाराम आचार्यलाई पनि पुरस्कृत गरेको थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले पुरस्कार वितरण गरेका थिए ।
त्यसैगरी नेपाल पत्रकार महासंघ नवलपरासीका संस्थापक सभापति भुपेन्द्र शर्मा भट्टराई, संस्थापक सहसचिव विष्णुदेवी पाण्डे, संस्थापक सल्लाहाकार गोविन्दराज विनोदीलाई सम्मान गरेको थियो ।




त्यसैगरी नेपाल पत्रकार महासंघको सदस्यता लिएयता निरन्तर २० बर्षबढी पत्रकारिता गरिरहेका पत्रकारहरु लालकुमार भट्टराई, होमनाथ जैसी, नारायण शर्मा र होमराज रानाभाटलाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रममा स्व. कृष्णलाल पराजुली स्मृति पत्रकारिता पुरस्कारबाट पत्रकार नविन पौडेललाई पुरस्कृत गरेको थियो ।
नेपाल पत्रकार महासंघ नवलपुरका अध्यक्ष होमराज रानाभाटको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्यहरु, प्रदेश पदाधिकारी, विभिन्न पेशागत संगठनका प्रमुख एवम् प्रतिनिधि, जनप्रतिनिधिहरु सरकारी कार्यालयका प्रमुख एवम् प्रतिनिधिहरुले शुभकामना राखेका थिए ।

त्यसैगरी साधारण सभामा सचिव प्रेम न्यौपानेको प्रगति प्रतिवेदन र कोषाध्यक्ष ईश्वरी चापागाईको आर्थिक प्रतिवेदन संशोधन सहित पास गरेको छ ।



सम्बन्धित
Loading...