ड्राईभिङ स्कुल संघको केन्द्रीय समितिको बैठक कावासोतीमा सम्पन्न

चैत्रभित्रमा राष्ट्रिय सम्मेलन गर्ने, ब्यवसायी प्रमाणपत्र ऐन निर्माण गर्न सरकारलाई दवाव दिने


ड्राईभिङ स्कुल संघको केन्द्रीय समितिको बैठक कावासोतीमा सम्पन्न




१९, पौष, नवलपुर—
कावासोतीमा सम्पन्न ड्राईभिङ स्कुल संघ नेपालको केन्द्रीय समितिको बैठकले ब्यवसायी प्रमाणपत्र ऐन निर्माण गर्न सरकारलाई दवाव दिने निर्णय गरेको छ ।
बैठक सम्पन्नपश्चात् केन्द्रीय महासचिव उमेश सिकेले सरकारले ड्राईभिङ ब्यवसायीहरुको सवालमा जिम्मेवारी नभईदिदा नीतिगत रुपमै ऐन निर्माण गर्नका लागि दवाव दिने निर्णय भएको बताए ।
बैठकले यही चैत्रभित्रमा राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको जानकारी दिदै उनले भने– “२०७७ चैत्रभित्रमा राष्ट्रिय सम्मेलन गर्ने निर्णय भएको छ । स्थान र मिति आगामी बैठकले टुंगो लगाउनेछौं ।”
अहिले स्मार्ट लाईसेन्सको अवधारणा अनुसारको चालक अनुमतिपत्र संघबाट मात्रै जारी गर्नुपर्दा महिनौदेखि बर्षौसम्म लाईसेन्स कुनुपर्ने बाध्यता रहेकाले प्रत्येक प्रदेशबाट स्मार्ट लाईसेन्स बितरण गर्न पनि सरकार तथा सरोकारवाला सम्वन्धित बिभागमा दवाव दिने भएको छ । केन्द्रीकृत बितरण नीतिले सेवाग्राहीले लाईसेनस पाउन ढिलाई हुदा स्वदेशमै प्राप्त रोजगारीको अवसर र बैदेशिक रोजगारीमा जान खोज्ने चालकहरुको अवसर गुमेको बैठकले ठहर गरेको छ ।
महासचिव सिकेले बताए अनुसार लाईसेन्स आवेदनका लागि अनलाईन फाराम भर्ने प्रक्रिया सिष्टममा राम्रो भएपनि सर्वसाधारण जनताको पहुचभन्दा बाहिर रहेको समिक्षा बैठकमा भएको छ । यस बिषयमा पनि समितको ध्यानाकर्षण भएको जनाईएको छ ।
२९ सदस्यीय केन्द्रीय समितिको बैठक केन्द्रीय अध्यक्ष रामचन्द्र श्रेष्ठको अध्यक्षतामा बसेको हो । नवलपुर ड्राईभिङ स्कुल संघको आतिथ्यतामा बसेको बैठकमा निर्बमान केन्द्रीय अधयक्ष मोहनबहादुर गुरुङ, पूर्ब केन्द्रीय अधयक्ष बुद्धिकृष्ण गजुरेल, संस्थापक केन्द्रीय सदस्य नारायणप्रसाद आचार्य लगायतको उपस्थिति थियो । बैठकमा नवलपुर स्कुल ड्राईभिङ संघका सदस्य किरण भुर्तेलले स्वागत गरेका थिए ।




सम्बन्धित
Loading...