लागूऔषध सहित गैँडाकोटबाट २ जना पक्राउ
नवलपुरको गैँडाकोटमा लागूऔषध सहित २ जना पक्राउ परेका छन् । फक्राउ पर्नेहरुमा भरतपुर महानगरपालिका वडानम्वर ११ बस्ने बर्ष २२ का सन्तोष सुनुवार र पालिनन्दन गाउँपालिका वडानम्वर १ पश्चिम नवलपरासी बस्ने बर्ष २२ का नरसिंह मल्लाह रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
शनिवार विहान गैंडाकोट नगरपालिका वडा नं. ५ बुद्धचोकबाट सुनुवार र सुनुवारको मोवाइल कलको आधारमा सोही वडाको काँग्रेस चोकबाट मोटरसाइकल चालक समेत रहेका मल्लाह फक्राउ परेका हुन् ।
पश्चिमबाट पुर्वतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेटको यूपी ५६ एएफ ५०५८ नम्वरको मोटरसाइकलको ट्यांकी माथि पत्रिकाले बेरी लुकाई छिपाई ल्याएको अबस्थामा डाईजोपाम ५९ एम्पुल, नुफिन ५९ एम्पुल, फेनरागन ५९ एम्पुल गरी जम्मा १७७ एम्पुल लागु औषध र निजको साथबाट नगद रु ४०,०००।(चालिस हजार) फेला परेकोमा उक्त लागु औषध र रकम तथा उनीहरु सवार रहेको मोटरसाइकल समेत बरामद गरी दुबै जनालाई लागु औषध मुद्दामा अनुसन्धान भई रहेको छ ।
