प्रचण्ड-नेपाल पक्षले हटायो गण्डकी र लुम्बिनी प्रदेशका इन्चार्ज

133







नेकपाको प्रचण्ड-नेपाल पक्षले गण्डकी र लुम्बिनी प्रदेश इन्चार्ज रहेका पृथ्वीसुब्बा गुरुङ र शंकर पोखरेललाई हटाएको छ ।

दुवै प्रदेश इन्चार्ज ओली पक्षमा रहेका थिए । उनीहरूको ठाउँमा गण्डकीमा देवेन्द्र पौडेल र लुम्बिनीमा युवराज ज्ञवालीलाई जिम्मेवारी दिइएको छ ।

सोमवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले यस्तो निर्णय गरेको युवराज ज्ञवालीले बताए ।

आजकै बैठकले गण्डकी प्रदेशको सहइन्चार्जबाट किरण गुरुङलाई हटाएर तुलबहादुर गुरुङलाई राख्ने निर्णय गरेको छ भने प्रदेश कमिटी सचिवमा श्रीमाया थकालीलाई ल्याइएको छ ।

बैठकले प्रतिनिधि सभा विघटनको कदम विरुद्ध पहिलो चरणको आन्दोलन सफल, दोस्रो चरणको कार्यक्रम सफल पार्न सिंगो पार्टी कमिटी परिचालन गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

‘प्रतिनिधिसभा सुचारु नगर्दासम्म र प्रतिगमनको षड्यन्त्रलाई परास्त नगर्ने बेलासम्म आन्दोलनलाई हरहालतमा सफल बनाउने,’ श्रेष्ठले भने, ‘केन्द्रमा मात्र होइन, प्रदेश जिल्ला र पालिका वडा स्तरसम्म समिति बनाउने निर्णय भएको छ ।’

श्रेष्ठले केन्द्रीय संघर्ष समितिको सहसंयोजकमा योगेश भट्टराई, पम्फा भुसाल र गणेश शाहलाई समेत राखिएको जानकारी दिए ।

प्रवक्ता श्रेष्ठले संगठन क्षेत्रका विभिन्न कामहरूलाई सम्पन्न गर्ने सुझाव दिनका निम्ति अध्यक्ष नेपालको नेतृत्वमा गृहकार्य अष्टलक्ष्मी शाक्य, गिरिराजमणि पोखरेल, अष्टलक्ष्मी शाक्य, लिलामणि पोखरेल, शक्ति बस्नेतलगायतका लगायतका नेताहरूको कार्यदल बनाउने निर्णयसमेत गरेको बताए ।

कार्यदलले छिटो भन्दा छिटो सुझाव दिने र त्यसलाई ७ दिनभित्र कार्यान्वयनमा लैजाने श्रेष्ठले बताए ।

You might also like
Loading...