रोकिएन नवलपुरमा नदिजन्य पदार्थ चोरी निकासीमा “चोर–पुलिस खेल”

265







खगेन्द्र पराजुली-

नवलपुरका एक दर्जन हाराहारी खोलामध्ये सबैभन्दा धेरै बिनयी खोलाबाट अबैध निकासी हुने गरेको छ ।
स्थानीय प्राकृतिक स्रोतको ब्यवस्थापनमा सम्वन्धित पालिकाले ब्यवस्थापन नगर्दा “चोर–पुलिस खेल” चलिरहेको छ ।
यहाँका खोलाहरु लामो समयदेखि ठेक्कामा जान नसक्नु, भौतिक निर्माणका कार्यहरु तिब्र रुपमा हुदा अत्यावश्यक माग आपुर्ति गर्ने बाध्यता रहेकाले चोरी–निकासी र अवैध उत्खखन् भएको हुनसक्ने सरोकारवालाहरुको टिप्पणी रहेको छ ।

यसैबीच आज मंगलवार बिहान नवलपुर प्रहरीले अवैध नदिजन्य पदार्थ चोरी निकासीमा संलग्न ट्रयाक्टर नियन्त्रणमा लिएको छ ।
जिल्लाका छुट्टाछुट्टै २ वटा खोलावाट १९ वटा ट्रयाक्टर नियन्त्रणमा लिई कारवाहीका लागि सम्वन्धित कार्यालयलाई बुझाएको छ ।
प्रहरीले बिनयी त्रिवेणी गाउँपालिका २ स्थित विनयी खोलाबाट १२ र हुप्सेकोट गाउँपालिका १ बेलुवा तथा कावासोती नगरपालिका १६ डण्डास्थित पत्थरखोलाबाट ७ ट्रयाक्टर नियन्त्रणमा लिएको जनाएको छ ।
नवलपुरमा पछिल्लो समय निर्माणका लागि नभई नहुने नदिजन्य पदार्थ बालुवा, ढुंगा, गिटी निकासी गर्न अनधिकृत रुपमा ट्रयाक्टर खोलामा पस्ने गतिबिधिमा बृद्धि भएको छ । अबैध चोरी निकासी र उत्खनन् नियन्त्रण रोक्न प्रहरी प्रशासनले प्रहरी परिचालनलाई सक्रिय बनाएको छ । प्रहरीले नियन्त्रणमा लिएका साधन सम्वन्धित पालिकामा जरिवाना राजश्व बुझाई छुट्ने त्यसपछि पनि खोलामा जान नछोड्ने श्रृंखला नरोकिदा पटके नियन्त्रणमा पर्न थालेका छन् ।

You might also like
Loading...