नवलपुरको स्वास्थ्यसम्वन्धि चौमासिक समिक्षा कार्यक्रम

65







२२ पुस, नवलपुरः
स्वास्थ्य कार्यालय नवलपुरले २ दिने स्वास्थ्यसम्वन्धि चौमासिक समिक्षा कार्यक्रम आयोजना गरेको छ ।
कावासोतीमा सञ्चालित २ दिने समिक्षामा आठै पालिकाका स्वास्थ्य शाखा प्रमुख तथा कार्यालयका प्रतिनिधिको उपस्थिति रहेको छ ।
आज बुधवारको उद्घाटन कार्यक्रममा नवलपुर प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीले नवलपुरमा आधारभूत स्वास्थ्य सेवामा स्थानीय तहबाटै सुधारिदै आएको बताईन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक प्रकाश मल्लले प्रहरी र स्वास्थ्य कार्यालयबीचको सम्बन्ध “हेल्थ लिगल”मा पनि उल्लेख भएकाले समन्वय बढाउनुपर्नेमा जोड दिए ।
कार्यक्रमको बारेमा स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईले प्रष्ट्याएका थिए । कार्यक्रमको सहजीकरण स्वास्थ्य कार्यालय नवलपुरका तथ्याङ्क शाखा प्रमुख शिवशरण पराजुलीले गरेका थिए भने अध्यक्षता जिल्ला समन्वय समितिका प्रमुख चेसराम आलेको रहेको थियो ।

You might also like
Loading...