देवचुली नगरपालिकाको चार लाखको ‘सिंचाइ आयोजना’ चार वर्ष देखि अलपत्र

116







विवेक भण्डारी –


नवलपरासी, २२ पुस ।
पूर्वी नवलपरासीको देवचुली नगरपालिका वडा नम्बर २ मा चार लाख बजेट खर्चेर बनाइएको सिंचाइ योजना चार वर्ष देखि अलपत्र परेको छ ।

आज भन्दा चार वर्ष अघि पश्चीमाञ्चल सिंचाइ डिभिजनले सिंचाइका लागि खर्चेको चार लाखको सिंचाइ योजना (बोएरिङ) अहिले अलपत्र बनेको हो ।

अहिले उक्त बोरिङका छेउछाउमा झार उर्मेका छन भने त्यहा रहेका पाइपहरुमा खिया लागेको छ ।
देवचुली नगरपालिकाकाले पोल र ट्रान्समिटर मर्मतका लागि वडाबाट दिएको एक लाखले न त विजुली नै आयो न त ट्रान्समिटर मर्मत नै भयो ।

चार वर्ष अघि समिति बनाइ बोएरिङबाट पानी निकालेको भए पनि चार वर्ष देखि संचालन विहिन भएर बसेको छ । बोरिङ संचालन र निर्माणका लागि स्थानिय यमनाथ बस्ताकोटीको अध्यक्षतामा समिति गठन समेत गरिएको थियो । तर उक्त समितिले सिंचाइका लागि चासो र चिन्ता नदिदाँ निर्माण भएको बोरिङबाट समेत सिंचाइ गर्न नपाएको उक्त क्षेत्रका स्थानियहरुले गुनासो गरेका छन ।

“आज होइन, यो निर्माण भएको करिव ४ वर्ष भयो । तर बोरिङ बाट सिंचाइ गर्नेै पाएका छैनौँ” स्थानीय टिकाराम पौडेलले बताए । उनका अनुसार बोरिङ निर्माण पछि सबैलाई सिंचाइको व्यवस्था हुन्छ भने पनि आफुहरु कृषि गर्न पानी मिनेटको हिसाबले किन्नु परेको गुनासो गरे ।

“ सिंचाइका लागि चार लाख बजेट खर्चेको छ, नगरपालिकाको एक लाख बजेट खर्च भएको छ तर हामिले यसको उपयोग गर्न पाएका छैनौँ” स्थानिय पौडेलले भने । यता बोएरिङ निर्माण समितिका अध्यक्ष यमनाथ बस्ताकोटिले भने स्थानियले पानीका लागि चासो नदिदाँ बोरिङ संचालन नभएको बताए । “बुटवलबाट परेको योजना हो, निर्माण भयो तर यसको प्रयोग यहाँका स्थानियहरुले गर्न चाहेनन्” अध्यक्ष बस्ताकोटीले भने ।

यता वडाका वडा अध्यक्ष माधव केसीले बोरिङमा बिजुलीका लागि नगरपालिकाबाट एक लाख रुपैया ल्याएको र त्यसले पोल व्यवस्थापन गरेको भए पनि हावाहुरीले पोल ढलाउदा अहिले बिजुली पनि नभएको बताए ।

पहिले बोरिङ संचालनका लागि थ्रिफेज र ट्रान्समिटर जडान गरेको तर हावा हुरीले पोल ढलाएको र ट्रान्समिटर बिग्रिएको बताए । बिग्रिएको ट्रान्समिटर मर्मतका लागि भरतपुर पठाएको र केहि दिनमा जडान गरि संचालन गरि दिने बताए ।

उनले निर्माण भएको चार वर्ष सम्म पनि किसानले सिंचाइ गर्न नपाएको स्वीकार गर्दे अब भने पुन संचालन गर्ने बताए । देवचुली नगरपालिकाको कार्यलयलाई भने यो विषयमा थाहै नभएको नगरपालिकाका नगर प्रमुख पुर्णकुमार श्रेष्ठले बताए ।
उनले भने“यो विषयमा अहिले सम्म लिखित निवेदन आएके छैन , यदि निवेदन आएको भए हामि अनुगमन र निरिक्षण गर्न जाने थियौँ” नगर प्रमुख श्रेष्ठले बताए ।

अहिले सो बोरिङसंञ्चालन हुने हो भने ३० देखि४० विगाहा क्षेत्रफलमा सिंचाइ हुने र किसानहरुले यसबाटसजिलै सिंचाइ गर्न सक्ने थिए । तर निर्माण भएको चार वर्ष पुग्नै लाग्दा पनि यसको संचालनका लागि न त नगरपालिकाले नै ध्यान दिएको छ न त वडाले नै ।

You might also like
Loading...