नवलपुरमा खुल्याे कृषि ज्ञान केन्द्र कार्यालय
नवलपरासी । नवलपुरमा कृषि ज्ञान केन्द्रकाे जिल्ला कार्यालय खुलेकाे छ ।
यस अघि कृषि ज्ञान केन्द्र तनहूले नवलपुर जिल्लामा सम्पर्क कार्यालय स्थापना गरेर हेर्ने गरेकाेमा अहिले जिल्लामै कार्यालय खुलेपछि यहाँका कृषकहरूलाई तनहुँ जानू पर्ने बाध्यता हटेकाे छ ।
गण्डकी प्रदेशकाे कात्तिक २७ काे मन्त्री परिषदकाे वैठकले गण्डकी प्रदेशका ११ वटै जिल्लामा कृषि ज्ञान केन्द्र खाेल्ने निर्णय गरे पनि नवलपुरमा भने बल्ल कार्यालय खुलेकाे हाे ।
कार्यालय खुले पनि देशकाे बदलिदाे परिस्थितिका कारण औपचारिक उद्घाटन हुन नसकेकाे कार्यालय प्रमुख गाेपाल लामिछानेेले बताए ।
कार्यालयमा १२ जनाकाे दरबन्दी भए पनि अहिले कार्यालय प्रमुख १ जना र शाखा अधिकृत २ जना गरि ३ जना मात्र कर्मचारी रहेकाे उनले बताए ।
