कावासोती नगरपालिकाले शुरु गर्यो व्यक्तिगत घटनाको अनलाइन अभिलेखिकरण





नवलपरासी, २३ पुस ।
पूर्वी नवलपरासीको कावासोती नगरपालिकाले सामाजिक सुरक्षा तथा व्यक्तिगत घटनाको अनलाइन अभिलेखिकरण शुरु गरेको छ ।

विहीबार कावासोती नगरपालिका नगरप्रमुख चन्द्रकुमारी पुनले सामाजिक सुरक्षा तथा व्यक्तिगत घटनाको अनलाइन अभिलेखिकरण शुरु गरेका हुन् ।




नगरपालिकाले नयाँ व्यक्तिगत घटना दर्ता अनलाइन प्रविधि अभिलेखिकरण गरे पनि यस अघिका पुराना व्यक्तिगत घटना दर्तालाई भने कागजी प्रक्रियामै राखेको थियो । सोही कागजी अभिलेखिकरणलाई पनि अनलाइन अभिलेखिकरण शुरु गरिएको कावासोती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यज्ञ पुरीले बताए ।

अनलाइन अभिलेखिकरणको शुरुवात गर्दै कावासोती नगरप्रमुख चन्द्रकुमारी पुनले अनलाइन अभिलेखिकरण गरेपछि अभिलेख खोज्न छिटो र सजिलो हुँदा समयको बचत समेत हुने र सेवाग्राहीले सेवा पाउने गतिमा पनि तिव्रता आउने बताए ।




सम्बन्धित
Loading...