देबचुली १० मा राती ९ देखी बिहान ३ बजेसम्म होटल खोल्न नपाईने

107







देवचुली नगरपालिकाका केही क्षेत्रहरुमा चोरी घटनाका श्रृंखलामा बृद्धि भएको भन्दै देबचुली १० मा राती ९ बजेपछी होटल ब्यवसाय खोल्न प्रतिबन्ध लगाईएको छ ।
वडा नम्बर १० ले वडा समिति तथा प्रहरी प्रशासनको उपस्थितिमा वडा भेला गरि राती ९बजेपछी बिहान ३ बजेसम्म होटल प्रकारका ब्यवसाय नखोल्न सुचना जारी गरेको हो ।
पछिल्लो समय रातीको समयमा घरै फोरेर नगद, गरगहना, लगायत जिन्सी सामग्री, मोटरसाईकल–स्कुटर समेतको चोरीका घटना बढ्न थालेपछि वडावासीलाई सचेत र होशियार रहन आग्रह गर्दै चोरीजन्य अपराधिक गतिबिधि नियन्त्रण गर्न यस्तो निर्णय गर्नुपरेको वडाध्यक्ष केशर आलेले बताए ।
वडा नं. १० मा रहेको एक सहकारी संस्थाको सेवा केन्द्र कार्यालय फोडेर त्यहाँका कागजपत्र सहित भौतिक क्षति दोहोरिएपछि वडावासीकै प्रस्ताव र आग्रहमा निर्णय गरिएको आलेले बताए ।
रातीको समयमा समूह वा एक्लै हिडेका शंकास्पद ब्यक्ति देखेमा तुरुन्तै प्रहरी, प्रशासनलाई खवर गर्न पनि वडावासीलाई आग्रह गरिएको छ ।
देवचुलीको दलदलेमा रहेको अस्थायी प्रहरी चौकीले नियमित गस्तीलाई निरन्तरता दिएको छ । यद्यपि, चोरी नियन्त्रणमा उल्लेख्य प्रगति भएको छैन । चौकी ईन्चार्ज अर्जुन रानाले वडा समितिले गरेको निर्णयले प्रहरी–समुदायबीचको सम्वन्ध सुमधुर हुँदा चोरी लगायत अन्य अपराधिक गतिविधि नियन्त्रणमा सहयोग पुग्ने अपेक्षा गरेका छन् । प्रहरीले यस्ता गतिविधिमा मादक तथा लागु पदार्थ–लागु औषध सेवनकर्ता प्रायः संलग्न हुने गरेको भेटिदा यो कडाईले नियन्त्रणमा सघाउने बताएका छन् ।

You might also like
Loading...