अमेरिकी राष्ट्रपति ट्रम्पविरुद्ध बग्दाद अदालतले जारी ग-यो पक्राउ पुर्जी

96







बग्दाद अदालतले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । ईराकी अर्धसैनिक कमाण्डर अबुु महदी अल मुहान्दिसको हत्याबारे छानिविन गरिरहेको अदालतले ट्रम्पविरुद्ध यस्तो निर्णय लिएको हो ।

३ जनवरी २०२० मा अमेरिकी ड्रोन हमलामा बग्दाद विमानस्थलबाहिर ईरानी रिभोलुसनरी गार्ड कर्पस्अन्तर्गतको क्वाद सेनाका जर्नेल कासिम सुलेमानी र मुहान्दिस मारिएका थिए ।

मुहान्दिसबारे छानविन गरिरहेको बग्दाद अदालतका न्यायधिसले अमेरिकी सेनाका कमाण्डर ईन चिफसमेत रहेका ट्रम्पविरुद्ध पक्राउ पुर्जी जारी गर्न आदेश दिएका हुन् । अल मुहान्दिस राज्यले प्रतिबन्धित गरेको पपुलर मोबिलाईजेसन फोर्सका सहायक नेता थिए, ईरान समर्थित समूह तथा ईराकका सैन्यधारीहरु सम्मिलित यो छाता संगठन आईएसविरुद्ध लड्नका लागि गठन भएको थियो ।

ट्रम्पमाथि नियोजित हत्याको अभियोगमा पक्राउ पुर्जी जारी गरिएको हो किनकी उनले नै हत्याका लागि आदेश दिएका थिए । यस अभियोगअन्तर्गत मृत्युदण्डको सजाय छ । जो, कार्यान्वयन हुने संभावना निकै कम छ । यद्यपी, ट्रम्पको बर्हिगमन हुँदै गर्दा यसले सांकेतिक रुपमा उनी निकै कमजोर भएको सन्देश दिन्छ । अबु मेहदी अल मुहान्दिसको परिवारसँग बयान लिएपछि यो निर्णय जारी गरिएको सर्वोच्च न्यायिक नियोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
हत्याबारेको छानविन जारी नै रहेको अदालतले जनाएको छ ।

यसअघि ईरानले गत जुनमै ट्रम्पविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो, उसले इन्टरपोललाई पक्राउ पुर्जीबारे जानकारी गराउँदै विश्वका अन्य प्रहरीहरुलाई पनि यो नोटिस पठाइदिन आग्रह गरेको थियो । जो कार्यान्वयनमा आएन । सुलेमानी हत्याकाण्डपछि ईराक र अमेरिकाबीचको कुटनीतिक सम्बन्धमा ठूलो संकट निम्तिएको थियो ।

ईराकी कानून निर्माताहरुले देशबाट विदेशी सेनालाई हटाउनका लागि सरकारलाई दबाब दिनेगरी संकल्प प्रस्ताव पारित गरेका थिए । यस घटनापछि ईराकमा अमेरिकाको उपस्थिती कमजोर पार्नेगरी ईरान समर्थित सैन्यधारीहरुले आक्रमण बढाएका थिए ।

स्रोत:अलजजिरा

You might also like
Loading...