रुपन्देहीको रोहिणीमा जीपले २ वटा मोटरसाइकललाई ठक्कर दिदा २ को मृत्यु
बुटवल, २३ पुष । रुपन्देहीको रोहिणी गाउँपालिकास्थित धकधई नजिकै एक जीपले दुई वटा मोटरसाइकललाई ठक्कर दिँदा दुईको मृत्यु भएको छ ।
लु२च २८४२ नम्बरको जीपले विपरीत दिशाबाट आउँदै गरेका लु३७प ६७९८ र लु२१प ७८११ नम्बरका दुई वटा मोटरसाइकललाई ठक्कर दिँदा दुइको मृत्यु भएको हो ।
मृत्यु हुनेहरुमा स्याङ्जा गल्याङ नगरपालिका खरीपानीका ३० वर्षीय गणेश अधिकारी र रुपन्देहीको देवदह नगरपालिका कदमीपुरका २३ वर्षीय असिम चौधरी रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता सत्यनारायण थापाका अनुसार अधिकारीको भैरहवा मेडिकल कलेज र चौधरीको भीम अस्पताल भैरहवामा मृत्यु भएको हो ।
दुर्घटनामा परी घाइते भएका पश्चिम नवलपरासी सुनवलका २८ वर्षीय विमल गैरे र देवदह कदमपुरकी २५ वर्षीया रमिता चौधरीको उपचार भइरहेको प्रवक्ता थापाले बताए ।
https://www.youtube.com/watch?v=R_MEGMXoP9k