आज कति छ सुनचाँदीको मूल्य ?


नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा ९५ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार तोलामा ९५ हजार ३०० रुपैयाँमा कारोबार भएको हो ।




तेजावी सुन तोलामा ९४ हजार ८०० रुपैयाँमा कारोबार भएको पनि महासंघले जनाएको छ । 

महासंघका अनुसार चाँदीको मूल्य भने स्थिर रहेको छ । बिहीबार तोलामा १३३० रुपैयाँमा कारोबा रभएको चाँदी शुक्रबार पनि सोही मूल्यमा कारोबार भएको हो ।





सम्बन्धित
Loading...