कक्षा ११ को पाठयक्रम अन्यौलता टुंग्याउन माग गर्दै कावासोतीमा प्रदर्शन

195







कावासोती । कक्षा ११ को पाठ्यक्रमको अन्यौलता तत्काल टुग्याउन माग गर्दै पूर्वी नवलपरासीको कावासोतीमा विद्यार्थीहरुले प्रदर्शन गरेका छन् ।

सोमबार कावासोतीमा युथ काँग्रेसको नाममा विद्यार्थीहरुले पाठ्यक्रममा अन्यौलता हुँदा विद्यार्थीहरुको भविष्य अन्यौल भएको भन्दै उनीहरुले प्रदर्शन गरेका हुन् ।

कक्षा ११ को पाठयक्रमको विषयमा सर्वाेच्च अदालतमा विचाराधीन रहेको मुद्दाले लाखौं विद्यार्थीको भविष्य अन्योल बनाएको उनीहरुले बताएका थिए ।

शैक्षिकसत्र २०७६ का लागि नेपाल सरकार शिक्षा मन्त्रालयले नयाँ पाठयक्रम जारी गरेर अध्यापन सुरु भैसकेको अवस्थामा नयाँ पाठयक्रम लागू नगराउने माग सहित सर्वाेच्चमा मुद्दा दायर भएको र सर्वाेच्च अदालतमा पटक पटक पेसी सर्दै जाने र अन्तिम फैसला नआएको कारणले कक्षा ११ को पठनपाठन शुरु भईसके पनि कक्षामा भने नयाँ पाठ्यक्रम बढाउने कि नयाँ भन्ने अन्यौलता बढेको छ ।

प्रदर्शन पछिको कोण सभामा युथ कंग्रेस जिल्ला संयोजक सुदिप चापागाइ, लुम्बिनी आदर्श डिग्री कलेजका प्रध्यापक रामचन्द्र भट्टराई, सरस्वती तिमिल्सिना, विद्यार्थी कृष्ण कंडेल लगायतले विद्यार्थीसँगको भविष्यसँग जोडिएका यस्ता मुद्दा तत्काल किनारा लगाउनु पर्नेमा जोड दिएका थिए ।

 

You might also like
Loading...