नवलपरासीमा समाजवादी अभियानको गठन
संजय तिवारी –

नवलपरासी, पुस २८ गते । देशमा राजनैतिक उथलपुथल भई रहेको वर्तमान अवश्थामा राजनैतिक वैचारिक छलफलका लागि भन्दै पश्चिम नवलरासीमा समाजवादी अभियान नेपाल गठन भएको छ ।
जिल्लाका विभिन्न स्थानबाट सहभागि भएका बुद्धीजिवीहरुको समुहले पत्रकार गोपी ज्ञवालीको अध्यक्षतामा सात सदस्यीय समाजवादी अभियान नेपाल नवलपरासीको तदर्थ समिती गठन गरेको छ ।
नेपाली ईतिहासमा पहिलो पटक संविधान सभाबाट बनेको नेपालको संविधानको प्रश्तावनामा नै नेपाल समाजवाद उन्मुख संविधान हुने छ भनिएको भए पनि पछिल्लो समयमा बनेका विभिन्न सरकारहरुले समाजवाद उन्मुख कुनै पनि काम नगरेको भन्दै यस विषयमा बुद्धीजिवीहरुले आफना कलम चलाउनु पर्ने र आवाज उठाउनु पर्ने भन्दै अभियान गठन गरेको नवनिर्मित समितीका संयोजक गोपी ज्ञवालीले बताए ।
समसामयिक विभिन्न विषयमा समय समयमा अन्र्तक्रिया, छलफल गर्ने, ईतिहासको समिक्षा गर्ने, बैचारिक लेख आलेख र कृतिहरु समेत प्रकाशन गर्ने लगाएतका कामहरु गर्ने उदेश्यका साथ अभियान गठन गरिएको बताईएको छ । अभियानले एउटा साझा मञ्चको रुपमा काम गर्ने बताईएको छ । भेलाले गोपी ज्ञवालीको नेतृत्वमा सात सदस्यीय तदर्थ समिती गठन गरेको छ । जसको सहसंयोजकमा अधिवक्ता मनोज कुमार नागवंशी, सदस्यहरुमा अकविर विक, रधुनन्दन वर्मा, यज्ञ प्रसाद न्यौपाने, राम नरेश केवट एवं यम बहादुर थापालाई चयन गरेको छ भने संरक्षकमा डाक्टर घनश्याम परिश्रमी, सलाहाकारमा वरिष्ठ अधिवक्ता लिलाधर मरासीनी रहनु भएको संयोजक ज्ञवालीले बताए ।
अभियानको भेलामा पुर्व स्थानिय विकास राज्य मन्त्रि घनश्याम यादव, संविधान सभाका सदस्य चिनक कुर्मी, अधिवक्ता मनोज हरिजन, शिक्षा अभियन्ता यज्ञ प्रसाद न्यौपाने लगाएतले आ आफना विचार राखेका थिए ।
https://www.youtube.com/watch?v=ZAMpX5F_X0s&list=UUdVEllX6-3RtSujuMJI-nBQ&index=1
