१० किलो गाँजासहित दम्पती पक्राउ

39







१० किलो गाँजासहित दम्पती पक्राउ परेका छन् ।
सर्लाहीको ईश्वरपुर नगरपालिका–१३ रेलवे फाँटस्थित सडकबाट प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

मोहत्तरीको गौशाला नगरपालिका–३ का ५० वर्षीय नवलकिशोर साह र उनकी श्रीमती ४० वर्षीया उर्मीलादेवी साहलाई मोटरसाईकललमा गाँजा लिएर जाँदै गर्दा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीचौकी गौरीशंकरबाट खटिएको प्रहरीले ज११प ७९७१ नम्बरको मोटरसाइकलमा फूलजोरबाट मोहत्तरीतर्फ जाँदै गरेका उनीहरूलाई जाँच गर्नेक्रममा मोटरसाइकलको बीचमा लुकाई–छिपाई लैजादै गरेको अवस्थामा नियन्त्रणमा लिएको हो ।

You might also like
Loading...