किसानहरुलाई कृषि उपकरण सहयोग


हरि शर्मा –




परासी, १ माघ:  कृषि बालीमा सहयोग पु¥याउने उद्देश्यले पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाका किसानहरुलाई टेक्टरसहितका कृषि उपकरणहरु उपलब्ध गराइएको छ ।
सहमति संस्था गैंडाकोटले त्यस क्षेत्रका गहुँ तथा धानबाली उत्पादक कृषकहरुलाई लक्षित गरेर कृषि उपकरण उपलब्ध गराएको हो ।




कोइकाको आर्थिक सहयोग र गुड नेभर इन्टरनेशनलको प्राविधिक सहयोगमा स्थानीय सुस्ता सहकारी संस्थालाई उपकरण उपलब्ध गराइएको सहमतिका अध्यक्ष करुणा सागर सुवेदीले जानकारी दिए । सहकारीमा आवद्ध किसानहरुलाई उपलब्ध गराइएका उपकरणमा ठूलो ट्क्याटरसहित मिनी ट्रिलर, ल्याण्ड लेजेर, रोटाभेटर, ह्याप्पी सिडरलगायत छन् ।

समावेशी ग्रामीण विकास परियोजना अन्तरगत वितरण गरिएको उक्त सामाग्री हस्तान्तरण गर्दै परियोजनाका नेपालस्थित डाइरेन्टर जेक्युन रोले आधुनिक कृषि प्रणाली मार्फत किसानहरुको जीवन स्तर उकास्न यसले सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

परियोजना पूर्वी र पश्चिम नवलपरासीका ६ पालिकाका १३ वटा वडामा सञ्चालित छ । जसमा पूर्वी नवलरासीको मध्यविन्दु नगरपालिकाका ४ वटा वडा र पश्चिम नवलपरासीका पाल्हीनन्दन, प्रतापपुर, सरावल र सुस्ता गाउँपालिका तथा सुनवल नगरपालिका गरी ९ वटा वडाहरुमा सञ्चालित रहेको छ ।

समुदायको आय आर्जनमावृद्धि गरी जीवीकोपार्जनमा सहयोग गर्ने उद्देश्यले परियोजनाले व्यवसायिक पशुपालन, कृषि, सिँचाई र युवा तथा महिला स्वरोजगार कार्यक्रम सञ्चालन गरेको परियोजनाका सल्लाहकार भीम प्रसाद शर्माले बताए ।




सम्बन्धित
Loading...