हसौरामा फुटवल प्रतियोगिता शुरुः उद्घाटन खेल आयोजक रातोले जित्यो

213







नवलपुरः
कावासोती नगरपालिका वडा नं. ४ हसौराको नवज्योति युवा क्लव ले दोस्रो जिल्ला स्तरीय फुटवल प्रतियोगिताको उद्घाटन गरेको छ ।
आज शुक्रवार हसौराको नवदुर्गा सामुदायिक वनस्थित खेल मैदानमा कावासोती नगरपालिकाका उपप्रमुख प्रेमशंकर मर्दनियाले रेफ्रीलाई बल हस्तान्तरण गरेर प्रतियोगिताको उद्घाटन गरे ।
आज उद्घाटन भएको प्रतियोगिता माघ १६ गतेसम्म चल्ने क्लवका अध्यक्ष शुशिल पौडेलले बताए ।
प्रतियोगितामा प्रथम हुनेलाई ५५ हजार रुपैंया र दोस्रोलाई ३५ हजार रुपैंया पुरस्कार रहेको छ भने ट्रफी, मेडल र प्रमाणपत्र समेत रहेको आयोजकले जनाएको छ ।
नवलपुरभित्र रहेका क्लवहरुमध्ये १६ टीम सहभागी हुने प्रतियोगितामा आजको उद्घाटन खेल आयोजक नवज्योति युवा क्लव रातो र सर्दीको सगरमाथा युवा क्लवबीच प्रतिस्पर्धा भएको छ ।
आजको खेलमा आयोजक रातो समुहले सर्दीको सगरमाथा विरुद्ध ६ गोल गर्दै जित निकालेको छ । खेल अवधिमा सगरमाथाले कुनै गोल गर्न सकेन । आयोजक रातो समुहका तर्फबाट २ गोल गरेका जर्सी नं. ९ का नविन महतो आजको म्यान अफ द म्याच भए ।
भोली शनिवार २ वटा खेल हुनेछ । भोलीको खेल कावासोतीको भानुभक्त युवा क्लव र हात्तीखोरको नवदुर्गा युवा क्लव तथा आयोजक नवदुर्गा युवा क्लव र आरुङखोला एफ सी क्लवबीच प्रतिस्पर्धा हुनेछ । कार्यक्रमलाई वडा नं. ४ वडा कार्यालयले सहयोग गरेको छ ।


You might also like
Loading...