कावासोतीका पञ्जीकरण कर्मचारीलाई केन्द्रीय विभागको अभिमुखिकरण


 कावासोतीः
कावासोती नगरपालिकाका पञ्जीकरण शाखाका कर्मचारीलाई राष्ट्रिय परिचय–पत्र तथा पञ्जीकरण विभागले अभिमुखिकरण गरेको छ ।
कावासोती नगरपालिकामा आज शुक्रवार भएको कार्यक्रममा केन्द्रीय विभागका महानिर्देशक जितेन्द्र बस्नेत, निर्देशक युवराज कट्टेल र शाखा अधिकृत कुल शेखर अर्यालले अभिमुखीकरण गरेका हुन् ।
सरकारले राख्ने नागरिकको आधिकारीक विवरणको महत्व अत्यन्त संवेदनशील विषय भएकाले पञ्जीकरणको जिम्मेवारीमा खट्ने कर्मचारीले होशियारीपुर्वक कार्य सम्पादन गर्नुपर्नेमा उनीहरुले जोड दिएका थिए ।
असावधानी र हतारमा काम गर्दा सानो त्रुटि भएपनि यसले नागरिकले अनावश्यक दुःख ब्योहोर्नुपर्ने भएकाले जिम्मेदारितामा जोड दिएका हुन् ।
यस्तै, कार्यक्रममा बिभागले एकिकृत दर्ता शिविर सञ्चालन गर्ने सन्दर्भमा पनि जानकारी गराईएको थियो ।
विभागले पञ्जीकरण गर्न छुटेकाहरुको विवरण प्रविष्ट गर्ने उदेश्यले प्रत्येक पालिकामा शिविर चलाउने नीति वनाएकाले दर्ता प्रक्रियाका बारेमा कर्मचारी स्पष्ट हुनुपर्ने भएकाले अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा नगर प्रमुख प्रशासकीय अधिकृत यज्ञ पुरी लयायत केही वडाका वडाध्यक्षहरुको समेत सहभागिता थियो ।







सम्बन्धित
Loading...