भुकम्प दिवसमा कावासोतीमा प्रभातफेरि – भिडियो सहित

209







कावासोती । २३ औं भुकम्प सुरक्षा दिवसको अवसर पारेर पूर्वी नवलपरासीको कावासोतीमा शुक्रबार सचेतनामूलक प्रभातफेरि गरिएको छ ।


जिल्ला प्रशासन कार्यालयबाट कावासोतीमा निकालिएको प्रभातफेरि फलफूल चोकमा पुगेर कोण सभामा परिणत भएको थियो ।

जिल्ला विपद् व्यवस्थापन समिति नवलपुरको आयोजना र जिल्ला रेडक्रस सोसाइटी नवलपुरको सहआयोजनामा भएको कार्यक्रममा नवलपुरका सरकारी कर्मचारी, स्थानीय बुद्धिजीवी, ट्राफिक प्रहरी, नेपाल प्रहरी लगायतको सुरक्षाकर्मीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा नवलपुरका प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीले नेपाल भुकम्पको जोखिममा रहेको देश भएकोले यसबाट बच्नका लागि सिकाइने शिक्षा अझै प्रभावकारी बनाउनु पर्नेमा जोड दिए ।

२०७२ सालको महाभुकम्पमा कतिपयले भुकम्प आउँदा कसरी बच्ने भन्ने नजानेरै ज्यान गुमाएको पाइएको समेत बताए ।
शिक्षा तथा समन्वय ईकाई कार्यालय नवलपुरका प्रमुख कृष्ण चन्द्र पोख्रेलको सञ्चालनमा भएको कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले भनाई राखेका थिए ।

नवलपरासीमा २०७२ सालको महाभुकम्पबाट भएको क्षतिको निजी आवासतर्फको निर्माण कार्यहरु अन्तिम चरणमा पुगेको छ भने विद्यालयतर्फको पुननिर्माण सक्न अझै केही बर्ष लाग्ने देखिएको छ ।

वि.सं. १९९० माघ २ गते नेपालमा गएको पहिलो महाविनाशकारी भुकम्पको सम्झनामा नेपालमा २०५५ सालदेखि राष्ट्रिय भुकम्प सुरक्षा दिवस मनाउन थालिएको हो ।


You might also like
Loading...