कावासोतीमा भेट्रान्स फुटबल प्रतियोगिता शुरु, उद्घाटन खेलमा रजहर विजयी




नवलपरासी, ३ माघ ।
ओल्ड स्टार क्लब कावासोती, नवलपुरको आयोजनामा शनिबारदेखि कावासोती ३ नमुना सदरमुकाम स्थलमा दोस्रो जिल्ला स्तरीय भेट्रान्स फुटबल प्रतियोगिता शुरु भएको छ ।

शनिबारको उद्घाटन खेलमा आयोजक बीलाई अभिशेख चर्च रहजरले २–० गोल अन्तरले पराजित गरेको छ ।
प्रतियोगिताको जिल्ला फुटबल संघ नवलपुरका अध्यक्ष एवम् केन्द्रिय सदस्य सेतमान पुनले उद्घाटन गरेका थिए ।




प्रतियोगितामा १० टिमको सहभागिता रहेको आयोजक क्लबका गणेश श्रेष्ठले जानकारी दिए । प्रतियोगितामा आइतबार आयोजक ए र विहानी युवा क्लब कावासोती १० मगरकोटबीच प्रतियोगिता हुने आयोजकले जनाएको छ ।

उद्घाटन कार्यक्रम क्लबका अध्यक्ष मेगराज नेपालको अध्यक्षतामा भएको थियो ।
त्यसैगरी शनिबार नै ग्यालेन गोर्खा ट्रेनिङ्ग सेन्टर र एलिट ट्रेनिङ्ग सेन्टरबीच भएको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा ४–० गोल अन्तरले एलिट ट्रेनिङ्ग सेन्टर विजयी भएको थियो ।

https://www.youtube.com/watch?v=bAMArBtnopI&list=UUdVEllX6-3RtSujuMJI-nBQ&index=4

 

 



सम्बन्धित
Loading...