नवलपुरमा सवारी दुर्घटनामा एक जनाको निधन
नवलपुर । पूर्वी नवलपरासीको बुलिङटार गाउँपालिका ४ चुलीबोझामा शनिबार दिउँसो ट्याक्टर दुर्घटना हुँदा एक जनाको निधन भएको छ ।
प्रहरी चौकी बुलिङटारका अनुसार दलदलेबाट बुलिङटारतर्फ जाँदै गरेको लु ३ त ७६०७ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई दुर्घटना हुँदा देवचुली नगरपालिका ९ निवासी २५ बर्षीय ट्याक्टर चालक बिकास गोतामे मगरको निधन भएको हो ।
दुर्घटनामा परी गम्भीर घाइते उनलाई उद्दार गरी उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुरमा लगिएकोमा अस्पतालका चिकित्सकले ट्याक्टर चालक बीच बाटोमा नै निधन भएको जनाएको प्रहरीले जनाएको छ ।
ट्याक्टर सडकदेखि अन्दाजी ३० मिटर तल गरेको प्रहरीले जनाएको छ ।
https://www.youtube.com/watch?v=Hu7DSVnLnyI&list=UUdVEllX6-3RtSujuMJI-nBQ&index=1
