गैडाकोटको १६ नम्बर चोकमा सवारी दुर्घटना, एक जना गम्भीर घाइते
गैडाकोट । पूर्वी नवलपरासीको गैडाकोट नगरपालिका १६, १६ नम्बर चोकमा सवारी दुर्घटना हुँदा स्थानीय ६५ बर्षीय अग्नीधर कंडेल गम्भीर घाइते भएका छन् ।
शनिबार राति लु १ ख ४७०७ नम्बरको ट्रकको ठक्करबाट कंडेल गम्भीर घाइते भएका हुन् । उनको भरतपुरतर्फ उपचारको लागि लगिएको छ ।
दुर्घटना पछि केही बेर अवरुद्ध भएको सडक भने अहिले सञ्चालनमा रहेको गैडाकोट प्रहरीले जनाएको छ ।
https://www.youtube.com/watch?v=Hu7DSVnLnyI&list=UUdVEllX6-3RtSujuMJI-nBQ&index=1
