नवलपुरका कैदीवन्दीलाई पुस्तकालय


कावासोती । जिल्ला प्रहरी कार्यालय नवलपुरका हिरासतमा रहेको कैदीवन्दीहरुको लागि पुस्तकालय स्थापना गरिएको छ ।




जिल्ला प्रहरी कार्यालय नवलपुरले स्थापना गरेको हिरासतमा किताव नामक पुस्तकालयको गण्डकी प्रदेश प्रहरी प्रमुख घनश्याम अर्यालले उद्घाटन गरेका थिए ।

उद्घाटन पछि प्रदेश प्रहरी प्रमुख अर्यालले जिल्ला प्रहरी कार्यालय नवलपुरको हिरासतमा रहेको वन्दीहरुलाई पुस्तक वितरण गरेका थिए ।




पुस्तक वितरण गर्दै अर्यालले हिरासतमा रहेको वन्दीहरुलाई हिरासतमा बसीरहँदा मानसिक तनाब बढ्ने भएकोले पुस्तक पढेर जीवन उपयोगी शिक्षा हासिल गर्न सहज हुने र सँगसँगै सजाय भुक्तान पछि वा अदालतबाट सफाई पाएपछि सकारात्मक जीवन जिउन सहज हुनेमा जोड दिएका थिए ।




सम्बन्धित
Loading...