नवलपुरका विद्यालय पूर्ण रुपमा सञ्चालनमा आए – भिडियो रिपोर्ट सहित

191







रामकुमार श्रेष्ठ –


नवलपरासी । कोभिडको त्रासका कारण २०७६ को शैक्षिक शत्र पनि हतार हतार सकेर बन्द गरिएका विद्यालयहरु कतिपय जिल्लामा अझै खुल्न नसकिरहेको अवस्थामा नवलपुरमा भने अहिले यहाँका सबै शैक्षिक संस्थाहरु पूर्णरुपमा सञ्चालनमा आएका छन् ।


कक्षाकोठामा विद्यार्थीहरुले अनिवार्य माक्स प्रयोग गर्नु पर्नेदेखि लिएर विद्यालय परिषर भित्र छिर्दा अनिवार्य साबुन पानीले हात धुनुपर्ने, शरिरको तापक्रम नाप्नु पर्ने लगायतका प्रावधान सहित यहाँका विद्यालयहरु पूर्ण रुपमा सञ्चालनमा आएका हुन् ।
निजी, सामुदायिक, शैक्षिक गुठी, धार्मिक गरी झण्डै ४ सयको हाराहारीमा विद्यालय रहेको नवलपुरमा अहिले सबै विद्यालय सञ्चालनमा आएको शिक्षा तथा समन्वय इकाई कार्यालय नवलपुरका प्रमुख कृष्ण चन्द्र पोख्रेलले बताए ।

पोख्रेलका अनुसार नेपाल सरकारले सम्बन्धित पालिकामा कोभिडको प्रभाव हेरेर सोही अनुसार विद्यालय सञ्चालन गर्न स्थानीय पालिकालाई दिएको अधिकार अनुसार सबै पालिकाहरुले निर्णय गरेर विद्यालय पूर्ण रुपमा सञ्चालनमा आएका हुन् ।
त्यसो त नवलपुरका कतिपय पालिकाहरुमा कात्तिकदेखि नै दुई सिफ्ट गराएर दैनिक ३ घण्टा मात्र विद्यालय सञ्चालन गरिएको थियो भने बाँकीले मंसिरदेखि विद्यालय खोल्न शुरु गरेका थिए । तथापि अहिले भने यहाँका विद्यालयहरु विहान १० बजेदेखि ४ बजेसम्म नै सञ्चालन गरेको पाइन्छ ।

विद्यालय सञ्चालन गर्दा सम्पूर्ण स्वास्थ्य सुरक्षा मापदण्द पालना गर्नु पर्ने भनेर भनिए पनि नवलपुरका थोरै विद्यार्थी संख्या रहेको विद्यालयमा सुरक्षा मापदण्द पुरा गरिए पनि धेरै विद्यार्थी चाप रहेको विद्यालयमा भने एउटै डेक्समा ३ देखि ४ जना सम्म विद्यार्थीहरु राखेर सञ्चालन गरिएको छ । तथापि ति विद्यालयहरुले पनि विद्यार्थीहरु विद्यालय परिषर भित्र पस्दा विद्यार्थीलाई अनिवार्य रुपमा साबुन पानीले हात धुन लगाउने, शरिरको तापक्रम मापन गर्ने, अनिवार्य रुपमा माक्स लगाउनु पर्ने प्रावधान भने पुरा गरेको देखिन्छ ।

जनता मावि त्रिभुवनटारमा पनि सबै स्वास्थ्य सुरक्षा अपनाएर विद्यालय पूर्ण रुपमा सञ्चालन गरिएको विद्यालयका प्रधानाध्यापक गिरीराज गिरीले बताए ।

४ नगरपालिका र ४ गाउँपालिका रहेको नवलपुरको बौदीकाली, बुलिङटार र हुप्सेकोट गाउँपालिकामा अहिले कोरोनाको कहर खासै देखिदैन भने अन्य ५ स्थानीय तहमा अहिले जम्मा ५० को हाराहारीमा मात्रै कोरोनाका सक्रिय संक्रमितहरु रहेका छन् । जसले गर्दा पनि यहाँ कोरोनाको कहरका बीच कतिपय जिल्लाहरुमा विद्यालय आंशिक रुपमा समेत खुल्न नसके पनि यहाँ भने पूर्ण रुपमा सञ्चालनमा आएको हो ।

देवुचली नगरपालिकाको नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक दुर्गादत्त घिमिरेले विकल्पहरु छनौट गरेर विद्यालय सञ्चालन गर्ने भन्ने निर्देशन बमोजिम, शुरुमा आलोपालो अहिले नर्सरीकक्षादेखि नै पूर्ण रुपमा कक्षा सञ्चालन गरिएको बताउनुहुन्छ । अहिले यहाँका विद्यालयहरुले दिवाखाजा लागु भएको विद्यालयहरुमा दिवाखाजा समेत सञ्चालन गरेर कक्षा सञ्चालन गरिरहेका छन् ।

नियमित रुपमा कक्षा सञ्चालनमा आएसँगै यहाँका कतिपय विद्यालयहरुले अहिले त्रैमासिक परीक्षा समेत लिन थालेका छन् । कोरोनाको कहरका बीच सामाजिक सुरक्षा कामय गरेर विद्यालय सञ्चालन गर्नु उपयुक्त हो तथापि कतिपय विद्यालयहरुले स्कूलबसमा विद्यार्थी लैजाँदा कोचाकोच गरेर लैजाने, विद्यार्थीको बढी चाप भएको विद्यालयमा सामान्य अवस्थामा झै गरी विद्यार्थीहरुको भौतिक दुरी कायम हुने गरी डेक्स बेन्चको व्यवस्थापन नगर्दा कतै कोभिडको मारमा स्कूले बालबालिका त पर्ने होइन भन्ने चिन्ता भने कायमै छ ।

भिडियो रिपोर्ट … … 


You might also like
Loading...