नवलपुरका मृगौला रोगीलाई गरे लण्डनमा बस्ने नेपाली को ३ लाख ७७ हजार नगद सहयोग

388








पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका १ बेलुवाका निवासी १९ वर्षीय मृगौला रोगी चिन्तामणी महत्तोको उपचारका लागि लण्डनमा बस्ने नेपालीहरुले ३ लाख ७७ हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन् । लण्डनमा बस्दै आएका १ सय १३ जना नेपालीहरुले नगद ३ लाख ७७ हजार आर्थिक सहयोग गरेका हुन् ।

हुप्सेकोट–१ बेलुवा घर भई हाल रोजगारीका लागि लण्डनमा बस्दै आएका एन.आर.एन यु.के का सदस्य तथा नवलपुर जिल्ला समाज यु के का संयोजक प्रकाश कंडेलको अगुवाईमा संकलित सहयोग रकम हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मी देबि पाण्डे तथा कंडेलका पिता समाजसेवी होमराज कंडेलले चिन्तामणी र उनको परिवारलाई हस्तान्तरण गरेका छन ।


सहयोग हस्तान्तरण कार्यक्रममा उपस्थित स्थानीयहरुले पनि महत्तोलाई थप ७ हजार आर्थिक सहयोग गरेका थिए । संकलित आर्थिक सहयोग हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मी देबि पाण्डेले पीडित महतोलाई सहयोग गरेका थिए ।

अध्यक्ष पाण्डेले महत्तोको उपचारका लागि सरकारी स्तरबाट हुन सक्ने सबै किसिमको सहयोगको सहजीकरण गर्ने बताउदै तत्कालका लागि पालिकाको तर्फबाट १० हजार सहयोग गर्ने घोषणा गरेकी थिइन् ।

महत्तो विगत ०२ बर्षदेखि मृगौला सम्वन्धी रोगबाट पिडित छन । उनको पुरानो मेडिकल कलेज चितवनमा उपचार भईरहेको छ ।


You might also like
Loading...