सुडानमा सशस्त्र मिलिशियाको आक्रमणमा परि ८३ जनाको मृत्यु




सुडानको पश्चिमी डार्फर राज्यको राजधानी एल जेनिनामा सशस्त्र मिलिशियाको आक्रमणमा परि ८३ जनाको मृत्यु भएको छ ।

गत शनिबारदेखि जारी आक्रमणमा सुरक्षाकर्मीसहित १ सय ६० घाईते भएका छन् ।




घाईतेहरुको उद्धार र उपचारमा कठीनाई भएको भन्दै थप सुरक्षाकर्मी र स्वास्थ्यकर्मी पठाउन उपचारमा संलग्नहरुले आह्वान गरेका छन् ।

आक्रमणमा थुप्रै भवन तथा सवारीसाधनमा समेत क्षति पुगेको बताइएको छ ।

स्थानीय प्रशासनले निषेधाज्ञा आदेश जारी गरेको जनाएको छ ।

सुडानमा सन् २००३ देखि जारी द्वन्दका कारण तीन लाख भन्दा बढी मानिसको मृत्यु भइसकेको छ भने लाखौं विस्थापित भएका छन् । (एजेन्सी)

https://www.youtube.com/watch?v=Hu7DSVnLnyI&list=UUdVEllX6-3RtSujuMJI-nBQ&index=3



सम्बन्धित
Loading...