अठ्ठाईस बिगाहालाई चोरमाराले हरायो

532







नवलपुर–
कावासोती नगरपालिका वडा नं. ४ हसौरामा जारी दोस्रो नवज्योति जिल्ला स्तरीय फुटवल प्रतियोगिताको आज पाँचौं दिनको खेलमा चोरमारा युथ क्लवले जित निकालेको छ ।
अठ्ठाईस बिगाहा एफसीसँग भएको खेलमा चोरमाराले २–० गोल अन्तरले जित निकालेको हो ।
मध्यान्तरसम्म दुबै टीमका तर्फबाट अत्यन्त प्रतिस्पर्धात्मक प्रदर्शन रहेको थियो । मध्यान्तरसम्म बराबरी अवस्थामा रहेको खेलमा ४८ र ६१ मिनेटमा क्रमशः चोरमाराका सन्तोष सुनार र सुभाष हमालले एक–एक गोल गरे ।

आजको खेलमा चोरमाराका खेलाडी समिर थापा म्यान अफ द म्याच बनेका छन् । गुरुङलाई फुटवल संघ नवलपुरका द्धितीय उपाध्यक्ष हरि थापाले म्यान अफ द म्याचको ट्रफी प्रदान गरे ।


भोली बुधवारको खेल मध्यबिन्दु–१ को नवशक्ति युवा क्लव र डण्डाको सनलाईट सामुदायिक बिकास केन्द्रबीच हुने क्लवका अध्यक्ष शुशिल पौडेलले जानकारी दिए ।
खेलको आधिकारिक मिडिया पार्टनर सामर्थ्य एम एम रहेको छ । खेललाई वडा नं. ४ वडा कार्यालयले सहयोग गरेको छ ।


You might also like
Loading...