आज नवशक्ति र सनलाईटबीचको प्रतिस्पर्धाः ट्राईब्रेकरमा डण्डाको सनलाईट विजयी


७ माघ, नवलपुर–





कावासोतीको हसौरामा जारी फुटवल प्रतियोगिताको आज बुधवार छैंठौं दिनको खेल पहिलो पटक ट्राई–ब्रेकरमा पुग्यो । मध्यबिन्दु–१ को नवशक्ति युवा क्लव र डण्डाको सनलाईट सामुदायिक बिकास केन्द्रबीच भएको खेलमा दुबै समूहले १–१ गोल गरेपछि ट्राई–ब्रेकरमा पुगेको हो ।
प्रतिस्पर्धात्मक र रोमाञ्चकारी प्रदर्शन गरेका प्रतिस्पर्धी टीममध्ये डण्डाको सनलाईट सामुदायिक बिकास केन्द्रले आजको खेलमा जित हासिल गर्न सफल भएको छ ।

कावासोती नगरपालिका वडा नं. ४ हसौरामा जारी दोस्रो नवज्योति जिल्ला स्तरीय फुटवल प्रतियोगिता अन्तर्गतको आजको खेलमा सनलाईटका डिफेन्डर खेलाडी राजकुमार परियारले उत्कृष्ट खेल प्रदर्शन गरेबापत म्यान अफ द म्याच भएका छन् ।


भोली विहीवारको खेल रजहरको अभिषेक चर्च र गिरुवारीको युनाईटेड युवा क्लवबीच हुने क्लवका अध्यक्ष शुशिल पौडेलले जानकारी दिए ।
खेलको आधिकारिक मिडिया पार्टनर सामर्थ्य एम एम रहेको छ । खेललाई वडा नं. ४ वडा कार्यालयले सहयोग गरेको छ । प्रतियोगिता नवज्योति युवा क्लवको आयोजनामा भईरहेको छ ।




सम्बन्धित
Loading...