आज २०७७ माघ ८ को राशिफल


आजको राशिफल




मेष राशिः इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् । छोटो दुरीको लाभदायक यात्रा हुनेछ । मित्र वा आफन्तको सहयोग मिल्नेछ । तिर्थाटनको योग पनि छ ।

बृष राशिः गरेका कार्यमा ढिलासुस्ती हुनेछ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । प्रेमप्रसङ्गमा समेत नरमाइलोपन आउनसक्छ ।


मिथुन राशिः शुभकार्यको चर्चा चल्नेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । कलकारखाना र बन्दव्यापारमा फाइदा हुनेछ । सांस्कृतिक क्षेत्रमा रुची बढ्नेछ ।

कर्कट राशिः आज आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । महिला वा मित्रबाट विशेष सहयोग पनि मिल्नेछ ।

शिंह राशिः आज आफन्तको प्रगतिमा मन रमाउनेछ । विचार, विद्या र बुद्धिको विकास हुनेछ । व्यावसायिक काममा राम्रै फड्कोमार्न सकिनेछ ।

कन्या राशिः आज दबाब र तनाव बढेको महसुस हुनेछ । प्रेमी प्रेमिकाका बिच खिन्नता बढ्नेछ । मनमा निरासा र शरीरमा आलस्य आउन सक्छ ।

तुला राशिः आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । बौद्धिकताको विकास हुनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ ।

बृश्चिक राशिः महिलावर्गबाट विशेष सहयोग मिल्नेछ । नयाँ सामान हात पर्ने र शिक्षामा सफलता मिल्नेछ । आर्थिक कारोवारमा सफलता पाईएला ।

धनु राशिः आज प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेकोछ । कूटनीतिक नियोगको सहयोग मिल्ला । पुनर्मिलनको योग पनि रहेको छ ।

मकर राशिः एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ । साँझपख शुभ समाचार आउन सक्छ ।

कुम्भ राशिः कला र गलाको प्रभाव बढ्नेछ । सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ । धर्म र कर्ममा मन पनि लाग्नेछ ।

मीन राशिः नयाँ–नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । लगनशीलताले कामहरु अगाडी बढ्नेछन । मान प्रतिष्ठामा बृद्धि होला । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ ।

(ज्योतिष एवं पण्डित नारायणप्रसाद दुलाल हाम्रो पात्रोका राशिफल लेखक हुन् ।)




सम्बन्धित
Loading...