वरिष्ठ समाजसेवी टंकनाथ पौडेल बीसहजार जेसीजबाट सम्मानित


चितवन । सामाजिक क्षेत्रमा उत्कृष्ट कार्य गरेको भन्दै वरिष्ठ समाजसेवी टंकनाथ पौडेललाई बीसहजार जेसीजले मानार्थ सदस्यता प्रदान गरेको छ । आफ्नो १८औँ पदस्थापना तथा पद हस्तान्तरण समारोहमा पौडेललाई मानार्थ सदस्यता प्रदान गरि सम्मान गरेको हो ।



भरतपुर क्षेत्रमा रहि समाज सेवामा कार्यरत नेपाल जेसीज अन्तर्गतको बीसहजार जेसीजले स्थानिय तहमा सामाजिक तथा राजनैतिक क्षेत्रमा उत्कृष्ठ भूमिका खेल्ने युवा नेतृत्वदायी व्यक्तिहरुलाई मानार्थ सदस्यता दिने गर्दछ ।

बीसहजार जेसीजले समाज सेवामा योगदान पुर्याएको आधारमा ४० बर्ष उमेर कटेका व्यक्तिलाई मानार्थ सदस्यता प्रदान गर्दछ । जेसीजमा १८ देखि ४० बर्ष उमेर समुहका व्यक्तिले सक्रिय सदस्यता लिन पाउने व्यवस्था छ । तर मानार्थ सदस्यता भने जीवन भरि रहने छ ।




सम्मान ग्रहण गर्दै पौडेलले मानार्थ सदस्यता प्रदान गरेकोमा अध्यक्ष तथा छनोट समितका संयोजक एवम् पदाधिकारीलाई धन्यवाद समेत दिनुभएको छ । उहाँले सेवाही परमो धर्मको मुल मन्त्रलाई आत्मसाथ गर्दै समाज सेवामा लागेका युवाहरुलाई बधाई समेत दिनुभयो । नेपाली कांग्रेस चितवन क्षेत्र नम्बर दुई प्रदेश ‘क’ का सभापति समेत रहनुभएका पौडेलले ६० बर्ष उमेर कटेपछि सक्रिय राजनितीको जिम्मेवारीबाट सन्यास लिने समेत बताउनुभयो ।



सम्बन्धित
Loading...