‘संसद विघटन विरुद्ध टोलटोलबाट कांँग्रेस एकजुट हुनुपर्छ ’


चितवन । नेपाली कांँग्रेस चितवनले सबै स्थानीय तहका वडास्तरीय कांँग्रेसहरुले विरोध सभा तथा र्‍यालीको आयोजना गरेको छ । ओली सरकारको असवैधानिक संसद विघटन विरुद्ध उनीहरुले देशभर विरोध सभा र र्‍यालीको आयोजना गरेका हुन ।




भरतपुर महानगरपालिका वडा नम्बर १, रामनगरमा पनि हजारौको संख्यामा नेता , कार्यकर्ता तथा समर्थकहरुले कम्युनिष्ट सरकारको विरुद्ध प्रर्दशन तथा सभा गरेका थिए । वडा स्तरीय भेला अन्तर्गत भरतपुर महानगरपालिका वडा नम्बर १ स्थित सभामा बोल्दै प्रमुख अतिथि प्रकाश अधिकारीले ओलीको निरंकुश र तानशाहको विरुद्ध कांँग्रेस एकजुट हुनुपर्ने बताए । देशलाई बन्धक बनाएर ओलीको अधिनायकवादको विरुद्ध कांँग्रेसले सडक संर्घष गर्नुपर्ने बाध्यता भएको उनले बताए । कम्युनिष्ट सरकार विश्वमै असफल भएको भन्दै अधिकारीले अब सरकार चलाउने जिम्मा कांँग्रेसको कांँधमा आएको बताए ।

सभामा बोल्दै अर्का अतिथि टंकनाथ पौडेलले कम्युनिष्ट सरकार भष्टाचारमा लिप्त हुदै गएको बताए । कम्युनिष्ट सरकारले खोक्रो राष्ट्रवादबाट जनतालाई भ्रममा पारेकोे भन्दै ओली सरकार पूर्णरुपमा असफल भएको जिकिर गरे । ओली र प्रचण्डको गालीगलौज सुन्न नसकिने भएको टिप्पणी गर्दै आफूहरु नतमस्तक भएको बताए ।
हत्यारा र भष्ट्राचार सरकारको पछि नलागि कांँग्रेसले देशको सम्पूर्ण जिम्मेवारी बहन गर्नुपर्ने बेला आएको उनको भनाई थियो । आगामी निर्वाचन कांँग्रेसले जित्नुपर्ने भन्दै कांँग्रेस सोही अनुसार तयार हुनुपर्ने पौडेलले बताए ।




कार्यक्रममा अतिथिहरु राजकुमार राजभण्डारी ,जयराम श्रेष्ठ, नरेन्द्र केसी, महाधिवेशन प्रतिनिधि विपीन रामुदामु लगायतले मन्तव्य व्यक्त गरेका थिए । द्रुपराज भट्टराईको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा तरुणदल चितवनका अध्यक्ष राजन ताम्राकार , पूर्व सांसद, जनप्रतिनिधि, अन्य कांँग्रेसका भातृसंगठनका पदाधिकारी , समाजसेवी लगायतको सहभागिता रहेको थियो ।




सम्बन्धित
Loading...