बग्दादमा दुई आत्मघाती विस्फोट,२८ व्यक्तिको मृत्यु
एजेन्सी । इराकको राजधानी बग्दादको मध्य बजारमा बिहीबार दुईवटा आत्मघाती बम विष्फोट गराइएको त्यहाँको एक सरकारी सञ्चार माध्यमले जनाएको छ । विस्फोटमा कम्तीमा २८ व्यक्तिको मृत्यु भएको बताइएको छ ।
बग्दादको ताइरन स्क्वाएरमा रहेको प्रयोग भइसकेका कपडाको पुनः विक्री गर्ने बजारमा भएको आक्रमणमा कम्तिमा २८ जनाको मृत्यु भएको र अन्य ७३ जना घाइते भएका स्थानीय अस्पतालका चिकित्सक तथा प्रहरी अधिकारीले पुष्टि गरेका छन् ।
घटनापछि उक्त स्थानमा पुगेका एएफपी फोटोग्राफरले जनाए अनुसार उक्त स्थानलाई तत्काल सुरक्षा बलले घेरा हालेको थियो । उनले थपे, “टाढाबाट हेर्दा घटनास्थलमा रगतले भिजेका लुगाहरू धुलाम्मे सडकहरूमा फैलिएका देखिन्थे ।”
घटनास्थलमा तत्काल स्वास्थ्यकर्मीसमेत पुगी दुर्घटनाग्रस्त स्थलबाट घाइतेहरूलाई प्राथमिक उपचारपछि अस्पताल लान सघाएका थिए । बिहीबारको आक्रमण वग्दादमा सन् २०१८ को जनवरीपछिभउको सबैभन्दा रक्तपातपूर्ण घटना थियो । सन् २०१८ मा पनि सोही इलाकामा भएको यस्तै विस्फोटमा ३० व्यक्तिको ज्यान गएको थियो । २०० द्दण्ण्घ मा अमेरिकाको नेतृत्वमा भएको आक्रमण पछि बगदादमा आत्महत्या बम विष्फोटन सामान्य भएको थियो।