लागुऔषध सहित कावासोतीमा २ जना पक्राउ
कावासोती । पूर्वी नवलपरासीको कावासोती ८ खरकट्टा जंगलबाट प्रहरीले लागुऔषध सहित दुई जनालाई पक्राउ गरेको छ ।
कावासोती ८ खरकट्टा जंगलको सडकमा प्रहरीले चेकजाँचको क्रममा ध १ प ५६९१ नम्बरको मोटरसाइकलमा सवार दुई जनालाई लागुऔषध पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बाग्लु्ङ जिल्लाको बाग्लुङ नगरपालिका २ निवासी २२ बर्षीय संगल बस्याल र बाग्लुङको कोठेखोला १ निवासी २२ बर्षीय जीवन केसीलाई शुक्रबार नियन्त्रणमा लिएको हो ।
प्रहरीले उनीहरुको साथबाट नुफिन १०० एम्पुल, डाइजोपाम १०० एम्पुल र फेनरागन १०० ए्रम्पुल बरामद गरेको हो ।
पक्राउ परेकालाई आवश्यक कारवाहीका लागि अनुसन्धान अगाडि बढाएको नवलपुर प्रहरीले जनाएको छ ।