कावासोतीमा बोटे समुदायका महिला नेतृत्वलाई नेतृत्व विकास तालिम




कावासोती । पूर्वी नवलपरासीको कावासोतीमा बोटे समुदायका महिला नेतृत्वहरुलाई नेतृत्व विकास तालिम प्रदान गरिएको छ ।

आदिवासी जनजाति महिला महासंघको आयोजनामा भएको तालिममा नवलपुर र चितवनका जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु र केन्द्रिय समितिका पदाधिकारी तथा सदस्यहरु गरी २५ जनाको सहभागिता रहेको थियो ।




बुधबारदेखि शुक्रबारसम्म गरी ३ दिनसम्म चलेको संगठन सञ्जालीकरण, विस्तार एवम् नेतृत्व विकास तालिममा प्रशिक्षक नन्द कन्दङ्गवाले प्रशिक्षण दिएको कार्यक्रम संयोजक राजकुमार बोटेले बताए ।

तालिम आदिवासी जनजाति महिला महासंघका केन्द्रिय महासचिव शान्ति देवानको प्रमुख आतिथ्यतामा भएको थियो ।



सम्बन्धित
Loading...