कावासाेतीमा माेटरसाईकल दुर्घटना दुई जनाकाे निधन

5,457







कावासाेती । पूर्वी नवलपरासीकाे कावासाेती ८ खर्कटा जंगलमा माेटरसाईकल दुर्घटनामा परी दुई जनाकाे निधन भएकाे छ ।


नवलपुर प्रहरीका अनुसार गएराति उत्तरबाट दक्षिण जाँदै गरेकाे ना २२ प ६५५५ माेटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा माेटरसाईकलमा सवार दुई जनाकाे निधन भएकाे हाे ।

दुर्घटनामा परी कावासाेती ३ निवासी २४ बर्षीय हेमराज थापा र कावासाेती ८ निवासी २६ बर्षीय सुनिल जैसवालकाे निधन भएकाे हाे ।

दुर्घटना परी गम्भीर घाईते दुवैलाई प्रहरीले उद्दार गरि उपचारकाे लागि मध्यविन्दु जिल्ला अस्पताल लगेकाेमा चिकित्सकले मृत घाेषणा गरेकाे नवलपुर प्रहरीले जनाएकाे छ ।


You might also like
Loading...