देश चलाउने जिम्मा कांँग्रेसको कांँधमा आएको छ : नेता पौडेल


चितवन । नेपाली काँग्रेसका युवा नेता एवंम काँग्रेस चितवन प्रदेश सभा २ (क) का सभापति टंकनाथ पौडेलले देश चलाउने जिम्मा कांँग्रेसको कांँधमा आएको बताउनु भएको छ । कम्युनिष्ट सरकारको पछिल्लो राजनीतिक घटनाक्रमले जनतालाई निराश बनाएको भन्दै पौडेलले कांँग्रेसले मात्र देश चलाउन सक्ने जिकिर गर्नुभयो ।




संसारमा कम्युनिष्ट सरकार असफल भएको भन्दै उहांँले भन्नुभयो, कम्युनिष्ट सरकार भ्रष्टाचार र हत्याराको सरकार भन्ने सावित भईसक्यो , पौडेलले भन्नुभयो, अब नेपालबाट पनि सदाको लागि कम्युनिष्ट पार्टीको अन्त्य हुन्छ । प्रचण्ड र केपी ओलीको सत्ताको खिचातानी र लडाईंका कारण देश दुर्घटनामा गएको र यसबाट बचाउने जिम्मा काँग्रेसको मात्र रहे्को उहांँको भनाई थियो । ‘अब कुनै पार्टी, झुण्ड र व्वांँसाहरुले देशलाई बचाउन सक्दैनन उहांँले भन्नु भयो, अहिले कांँग्रेसलाई अवस चुनौति एकैपटक आएको छ ।’

नेपाल जस्तो पवित्र देवहरुको भूमिलाई कम्युनिष्ट भनाउंँदाहरुले लुछाचुडी गरेको भन्दै उहांँले उनीहरुको विरुद्ध सबै जनता एक भएर लाग्नु पर्ने उहांँले बताउनु भयो । ‘नेपाल देवता, तपस्वीहरुको तपोभूमि हो, व्वांँसाहरुको क्रिडास्थल होइन ।’ पौडेलले आक्रोश व्यक्त गर्नुभयो । कम्ययुनिष्टहरुले खोक्रो राष्ट्रवाद देखाएर जनतालाई पटक पटक भ्रमित र झुक्काएको भन्दै उनीहरुको पछि नलाग्न आम नागरिकलाई समेत आग्रह गर्नुभयो ।







सम्बन्धित
Loading...