केपी ओली चरम संकटमा पुगेको विप्लवको भनाइ

127







काठमाडौँ– सरकारद्वारा प्रतिबन्धिन नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लले प्रधानमन्त्री केपी शर्मा ओली चरम संकटमा पर्दै गइरहेको बताएका छन् ।

उनले ओली नेपाली जनताको आवश्यकता पूरा गर्न पूर्ण रूपले असफल भएको पनि दाबी गरेका छन् ।


‘वर्तमान केपी वली सरकार यतिबेला आफैँले संसद् विघटन गरेपछि स्वयम् चरम सङ्कटमा पर्दै गइरहेको छ । राष्ट्र र जनताका तमाम समस्याहरू समाधान गर्नतर्फ केन्द्रित नरही वर्तमान सरकार फासिवादी शैलीले हाम्रो पार्टी, क्रान्ति र जनताविरुद्ध निरन्तर दमनमा तल्लीन रहेको छ’, विप्लवले शनिबार साँझ जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा सरकारी दमनले आफूहरुको क्रान्ति नरोकिने भन्दै बरु अझ थप उचाइमा प्रतिरोध गर्दै अघि बढ्ने बताएका छन् ।
गत पुस २९ गते पार्टीका केन्द्रीय सचिवालय सदस्य कमरेड धर्मेन्द्र बास्तोलालगायतलाई पक्राउ गरिएको विरोधमा विप्लव समूहले विरोध गर्दै आएको छ ।


You might also like
Loading...