विनयी खोलाबाट ३ वटा ट्याक्टर बरामद
नवलपुर । पूर्वी नवलपरासीको विनयी त्रिवेणी १ विनयी खोलाबाट नवलपुर प्रहरीले ३ वटा ट्याक्टर बरामद गरेको छ ।
नवलपुर प्रहरीका अनुसार नदीजन्य वस्तुको अवैध उत्खनन गरिरहेका लु ३ त ९४२५, लु ३ च ७३२ र लु ३ त ९६९ नम्बरको ट्याक्टर प्रहरीले नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि विनयी त्रिवेणी गाउँपालिकालाई बुझाएको छ ।