नवलपुरमा दुई छुट्टाछुट्टै दुर्घटनामा दुई जना घाइते


कावासोती । पूर्वी नवलपरासीमा भएको दुई छुट्टा छुट्टै सवारी दुर्घटनामा परी दुई जना घाइते भएका छन् ।




नवलपुर प्रहरीका अनुसार आइतबार विहान देवचुली नगरपालिका १३ टाँडीकोटमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा २१ च ४९३९ नम्बरको स्कूल भ्यान र विपरित दिशाबाट आउँदै गरेको ना ४ ख ९३३१ नम्बरको मिनी ट्रक एक आपसमा ठक्कर खाँदा स्कूल भ्यान चालक गैडाकोट १४ निवासी २७ बर्षीय महेष कोइराला घाइते भएका छन् ।

उनलाई स्थानीय मेडिकलमा सामान्य उपचार पछि थप उपचारका लागि चितवन पठाइएको छ ।




त्यसैगरी गएराति गैडाकोट ११ भेडाबारीमा नम्बर नखुलेको सवारी साधनको ठक्करबाट भेडाबारी निवासी ४० बर्षीय घनश्याम सापकोटा गम्भीर घाइते भएका छन् ।

उनको पुरानो मेडिकल कलेज चितवनमा उपचार भईरहेको नवलपुर प्रहरीले जनाएको छ ।

 




सम्बन्धित
Loading...