बौदीकाली गाउँपालिका १ र २ जोड्ने गरी पक्की पुल बन्ने
नवलपुर जिल्लाको पहाडी गाउँपालिका बौंदीकाली वडानम्वर १ र २ जोड्नका लागि पक्की पुल निर्माण हुने भएको छ ।
गाउँपालिकाका दुइ वटा वडा जोड्न उक्त पक्की पुलका गण्डकी प्रदेशका भौतिक पूर्बाधार बिकास मन्त्री रामशरण बस्नेतले शिलान्यस गर्नुभएको हो ।
करीब तीन करोड ४६ लाख ६५ हजारको लागतमा निर्माण हुने सो पक्की पुल ३५ मीटर लामो हुने छ भने आयोजना आगामी मंसीर ६ गते सम्पन्न हुने गरि सम्झौता भएको बौदीकाली गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर रानामगरले जानकारी दिनुभयो ।
कार्यक्रममा प्रदेश सांसदहरु बिष्णु लामिछाने र रोशनबहादुर गाहा मगर, बौंदीकाली गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर राना, श्याम सुन्दर श्रेष्ठ लगायतले पहाडी क्षेत्रको बिकासमा प्रदेश सरकार गम्भीर हुनु पर्ने बताउनुभएको थियो ।