नवलपुरमा लागू औषध सहित एक जना पक्राउ
नवलपुर । पूर्वी नवलपरासीमा लागुऔषध सहित एक जना पक्राउ परेका छन् ।
विनयी त्रिवेणी १ दुम्किबास बजारबाट नवलपुर प्रहरीले चेकजाँचकाे क्रममा लागुऔषध सहित १ जनालाई पक्राउ गरेकाे हाे ।
पश्चिमबाट पूर्व आउँदै गरेकाे लु २ ख ७८१ नम्बरकाे बसमा चेकजाँच गर्ने क्रममा माेरङ्ग जिल्लाकाे विराटनगर नगरपालिका ६ निवासी १९ बर्षीय विशाल ऋषिदेव मुसहरलाई पक्राउ गरेकाे हाे ।
उनकाे साथबाट नुफिन ३ सय ९८ एम्पुल, फेनारगन ३ सय ९८ एम्पुल र डाईजापाम ३ सय ९६ एम्पुल बरामद गरेकाे हाे।
